नेवा गुठी न्यूयोर्कद्धारा ललितपुर महानगर प्रमुख चिरीबाबु सम्मानित

सोमबार, चैत १२, २०८०

ललितपुर । सवारी साधन र सडक सुरक्षा विषयमा आयोजित छलफलमा सहभागी हुन अमेरिका पुगेका ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनलाई नेवा गुठी न्यूयोर्कले सम्मान गरेको छ । महानगरप्रमुख महर्जनलाई न्यूयोर्कस्थित गुठीका अध्यक्ष विजयमान सिंहले सम्मानपत्र प्रदान गरेर सम्मानित गरेका हुन् । 
विश्व बैंकको निमन्त्रणामा अमेरिकामा आयोजना गरिएको ‘ट्रान्सफर्मिङ ट्रान्सपोटेसन’ विषयक छलफल कार्यक्रममा सहभागी हुन महानगर प्रमुख महर्जन एकसाता अघि अमेरिका गएका हुन् । नेवा गुठी न्यूयोर्कले आफूलाई सम्मान गरेकोमा महर्जनले धन्यवाद दिएका छन् । यो सम्मान सम्पूर्ण महानगरवासीलाई गरिएको सम्मान भएको उनले बताए । नेवा गुठी न्यूयोर्कका अध्यक्ष विजयमान सिंहले राष्ट्रिय  र अन्तर्राष्ट्रिय जगतमा ख्याति कमाएका नगरप्रमुखलाई आफ्नो कर्मभूमिका सम्मान गर्न पाउँदा खुशी लागेको बताए । 

WhatsApp-Image-2024-03-25-at-06.00.27-1711330911.jpeg

असल अभ्यास सुन्दै , आफ्नो सुनाउँदै  ‘ट्रान्सफर्मिङ ट्रान्सपोटेसन’ विषयक छलफल कार्यक्रममा महानगर प्रमुख महर्जनले ललितपुर महानगरले विद्युतीय सवारीसाधनलाई दिएको प्राथमिकता, साइकल लेन निर्माण, सडक सुरक्षाका लागि स्मार्ट सडक बत्ती जडानलगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए । 
कार्यक्रममा वातावरण संरक्षण र सहरको सौन्दर्यीकरणका लागि विद्युतीय सवारीसाधनको आवश्यकता, साइकलमैत्री सहर निर्माण, साइकलका लागि पूर्वाधार निर्माण, व्यस्त सहरहरुमा पार्किङको व्यवस्थापन लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा दक्षिण एसियाका अन्य देशहरुको पनि सहभागिता रहेको थियो ।

lmc---Newa-Guthi-1-1711330909.jpg
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार