उपत्यकामा दुई सय ४१ सवारी चालक कारवाहीमा

आइतबार, चैत ११, २०८०

काठमाडौं । होलीलाई लक्षित गर्दै काठमाडौंसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । काठमाडौं उपत्यकामा आइतबार दिउँसो १२ बजेसम्म दुई सय ४१ सवारी साधनलाई होल्ड गर्दै चालकलाई कारबाही गरिएको छ ।  काठमाडौं उपत्यकामा आइतबार मध्यान्ह १२ बजेसम्म २४१ सवारी चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी जीवन कुमार श्रेष्ठले बताए ।  दुई पांग्रे २३३ र आठ वटा चार पांग्रे सवारीसाधन चालक कारबाहीमा परेका हुन् । एसएसपी श्रेष्ठका अनुसार लाइसेन्स नबोक्ने, मापसे गरेर सवारी चलाउनेलगायत कारबाहीमा परेका हुन् ।  काठमाडौंमा बसन्तपुर, दरबारमार्ग, सामाखुसी, ठमेललगायत विभिन्न ठाउँमा होलीका कार्यक्रमहरू आयोजना गरिएका छन् ।

यद्यपि बिहान पातलिएका सडकमा सवारी बढ्न थालेको श्रेष्ठले बताए ।  होलीलाई लक्षित गर्दै काठमाडौंसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । आइतबार विभिन्न ९० स्थानमा प्रहरी खटिएर नियमित सवारी चेकजाँच तथा ड्रोनबाट समेत निगरानी गरिने प्रहरीले जनाएको छ ।  होलीमा अवाञ्छित गतिविधि नगर्न र जथाभावी रङ नछ्याप्न प्रहरीको आग्रह छ । सभ्य तरिकाले होली खेल्न प्रहरीले आव्हान गरेको छ । तराईमा भने पहाड र हिमाली क्षेत्रमा मनाइएको भोलिपल्ट मात्रै होली मनाउने चलन छ । 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार