सरकारले सहयोग गरे भ्रष्टाचार न्यूनिकरण गर्छु : सभापति पन्त  

सोमबार, चैत ५, २०८०

काठमाडौं । राष्ट्रिय सभा, विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले सोमबार पदभार ग्रहण गरेकी छन् । उनले भ्रष्टाचार न्युनिकरण गरी सुशासन कायम गर्ने प्रतिबद्धता जनाइन्। सोमबार सिंहदरबारस्थित समितिको सभाकक्षमा पद वहालीपछि पन्तले समितिको कार्यक्षलाई इमान्दारिता साथ अगाडि बढाउँदै दिगो विकास लक्ष्य हाँसिल गर्ने क्रममा अगाडि बढ्ने,सुशासनको पक्षमा काम गर्ने र समितिले  सरकारलाई दिएको निर्देशन कार्यान्वयन गर्न गराउन प्रतिबद्ध रहको बताइन् । 
‘समितिले निर्देशन दिएर मात्र हुँदैन सरकारले कार्यान्वयन गर्दैन । हामीले सरकारलाई सहजीकरण गर्ने, आवश्यक सल्लाह सुझाव र निर्देशन दिने हो’ । उनले थपिन, ‘निर्देशनलाई कार्यान्वयन गराउनको लागि सिङ्गो राष्ट्रिय सभाले सहयोग गर्यो भने हाम्रो समितिको कार्यक्षेत्रलाई कार्यान्वयन गराउनको लागि म प्रतिबद्ध छु ।’
त्यसका लागि समितिको सबै टीम लाग्ने र आफूलाई सबैको साथ रहने आशा व्यक्त गरेकी उनले सुशासनको लागि भ्रष्टाचार न्यूनिकरण गर्न समितिले आफ्नो कार्यक्षेत्रमा काम अगाडि बढाउने भन्दै सरकारको साथ,सहयोगको अपेक्षा गरिन । 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार