सोसल मिडिया
Contact Us
युनिकोड
महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो । मृतकमध्ये ५० वर्षीया एक महिलाबाहेक अरुको पिसिआर परीक्षण भएको थिएन ।कोभिड–१९ सङ्क्रमणबाट मृत्यु हुन थालेपछि बस्तीमा त्रास फैलिएको छ । मृतकमध्ये धेरै ५० वर्ष उमेरको हाराहारीका छन् । मृतकमा सुरुमा रुघाखोकी लाग्ने, सामान्य ज्वरो आउने र पखाला लाग्ने समस्या देखिएकाे स्थानीय मुकुन्द दाहालले बताए । “बिरामी भएपछि दुई जनालाई परिवारले अस्पताल पु¥याएका थिए, अरु घरमै मरे” दाहालले भने, “अस्पताल पु¥याइएका दुई जनाको पनि पिसिआर परीक्षण भने गरिएको थिएन ।” महामारीको त्रासले गर्दा मान्छे मर्दा घरका परिवारबाहेक अरु काेही पनिआफन्त पनि अन्त्यष्टिमा सामेल हुन छाडेको दाहालले बताए । केही शव त नगरपालिकाले जेसिभीले उठाएर गाड्ने लगेकाे उनले जानकारी दिए । कोरोनाले एकै वस्तीमा यति धेरैको मृत्यु हुँदा पनि कतैबाट पिसिआर जाँचको सुरसार नभएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका दिपमाया श्रेष्ठ बताउँछिन् । वडामा घरैपिच्छे कोभिड–१९ को लक्षण भएका बिरामी रहेकाे वडाअध्यक्ष अशोककुमार महतोले जानकारी दिए । बस्तीमा अहिले २०० भन्दा बढी बिरामी रहेका र तीमध्ये गम्भीर प्रकृतिका पाँच जनालाई उपचारार्थ जनकपुर पठाइएको महतोले बताए । “पिसिआर परीक्षण र अन्य जाँच, उपचार सेवाका लागि जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा निरन्तर सम्पर्कमा छौं” वडाअध्यक्ष महतोले भने, “सबैतिर महाव्याधिको चपेटाले प्रविधि र दक्ष जनशक्तिको तत्काल व्यवस्थापन गर्न ढिलाइ भएको जानकारी प्राप्त भएको छ । अब बस्तीस्तरमै पिसिआर परीक्षणका लागि स्वाव सङ्कलन र अन्य स्वास्थ्य जाँचको प्रबन्ध मिलाउन लागिएको महतोको भनाइ छ ।जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा यसबारे जानकारी पुर्रयाइकाे बताउँदै जाँच र उपचारका लागि जनशक्तिको प्रबन्ध गरिने बताए ।