सत्ता हेरफेर स्वार्थको गठजोड मात्र हो : अध्यक्ष लिङ्देन

बुधबार, फागुन ३०, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले अहिले भएको सत्ता हेरफेर स्वार्थको गठजोड भएको बताएका छन् । 
बुधबार प्रतिनिधि सभामा उनले स्वार्थ मिले टासिने, नमिले छुटिने भन्दै देश र जनताको वर्तमान परिस्थितीलाई केन्द्रमा राखेर सरकार नबनेको बताए । 
उनले भने, ‘जति नै सिद्धान्तको लेप लगाएपनि अहिलेको यो सत्ता हेरफेर भनेको स्वार्थको गठजोड हो । स्वार्थ मिले टासिने, नमिले छुटिने । सत्ता निर्माण हुँदा बनेको ७, ८ बुदेँबाट पनि त्यही देखिन्छ । देश र जनताको वर्तमान परिस्थितीलाई केन्द्रमा राखेर यो सरकार बनेको होईन् । सत्तालाई आफ्नो सुरक्षा कबजको रुपमा प्रयोग गर्ने उद्देश्यबाट गठबन्धन निर्माण भएको हो ।’ 
यस्तै उनले सत्ता केन्द्रित चलखेलमा राप्रपा सहभागी नहुने भन्दै गठबन्धनलाई राप्रपाले विश्वासको मत नदिने बताए । राजनीतिप्रति धेरै अविश्वास पैदा भएको भन्दै जनतापनि राजनीतिबाट निराश भएको उल्लेख गरे । 
उनले भने, ‘किन यस्तो हुन्छ की एउटा नेताले अघिल्लो दिन अर्को नेतालाई अछुतो जस्तो व्यवहार गर्छ र भोलिपल्टै त्यही नेता महान र राजनेता हुन्छ यस्तो भएपछि राजनीतिप्रति जनताको विश्वास कसरी बढ्छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार