नयाँ गठबन्धनले देशलाई सही मार्गचित्रमा लैजान्छ : यादव

बुधबार, फागुन ३०, २०८०

काठमाडौं । माओवादी केन्द्रका सांसद महेन्द्र राय यादवले सत्य निरुपणलगायत अन्य कानून र विधेयकहरुको सम्बोधन गर्नका लागि नयाँ गठबन्धनलाई विश्वासको मत दिन आवश्यक रहेको बताएका छन् । 
बुधबार प्रतिनिधि सभाको बैठकमा उनले विधेयकलाई नयाँ गठबन्धनले सम्बोधन गर्नुपर्ने भएको हुनाले विश्वासको मत आवश्यक भएको भन्दै गठबन्धनलाई मत दिनको लागि सबै सांसदहरुलाई आग्रह गरे ।  
उनले भने, ‘भविष्यमा सत्य निरुपणको विषयलाई संसदबाट पास गर्ने सरकारको लक्ष्यलाई समर्थन गरेर सत्तापक्ष र प्रतिपक्ष सबै मिलेर यसलाई पूरा गर्न सक्ने हो भने मुलुकमा शान्ति प्रक्रिया पूरा हुन्छ । यो सँगै बाँकी रहेका अन्य कानून र विधेयकलाई पनि नयाँ गठबन्धनले सम्बोधन गर्नुपर्ने भएको हुनाले विश्वासको मत दिन आवश्यक छ । गठबन्धलाई अवधिसम्म टिकाउनको लागि हरेक कार्यक्रमको कुरा जनतासम्म जान आवश्यक छ । यी सबै कुरालाई ध्यानमा राख्ने विश्वास लागेको छ ।’
यस्तै उनले विगतका गठबन्धनबाट भएका कमी कमजोरीलाई ध्यानमा राख्दै वर्तमान गठबन्धनले सबै समस्याहरु समाधान गर्ने र देशलाई सही मार्गचित्रमा लाने विश्वास लिएको पनि बताएका छन् ।
उनले भने, ‘नेपाल बहुभाषिक, बहु सांस्कृतिक देश हो । तर यो देशमा धेरै किसिमको सामाजिक सद्भाव खलबलाउने काम भएको छ, त्यसले अनुशासन र सुरक्षाको अनुभूती जनताको जुन आवश्यकता छ । गठबन्धन र सरकारले विगतका गठबन्धनबाट भएका कमी कमजोरीलाई ध्यानमा राख्दै वर्तमान गठबन्धनले सबै समस्याहरु समाधान गर्ने र देशलाई सहि मार्गचित्रमा लान्छ भन्ने विश्वास छ ।’ 
जनताले धोका पाएको कुरा सत्य भएको उल्लेख गर्दै उनले देश र मुलुकले नेपाली काङ्ग्रेसबाट बढि धोका खाएको उनको भनाई छ । 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार