ललितपुर महानगर २४ नं. वडाका पाँच उत्कृष्ठ महिला समूहलाई पुरस्कार (भिडियाे)

उपप्रमुख मञ्जली शाक्य भन्छिन्, ‘नारीले नारीलाई सम्मान गरेमात्रै दिवसको सार्थकता रहन्छ’
शनिबार, फागुन २६, २०८०

धापाखेल (ललितपुर) । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालय धापाखेलले वडा भित्र क्रियाशील महिला समूह मध्येबाट पाँचवटा उत्कृष्ठ महिला समूहहरूलाई पुरस्कृत गरेको छ । वडा स्तरीय महिला समिति २४ नं. वडा धापाखेलले शुक्रबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रम ती महिला समूहरूलाई महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिन् । महानगर २४ नं. वडा भित्र क्रियाशील १५ वटा समूहमध्येबाट दुई वर्षयता उनीहरूको क्रियाशीलतालगायतलाई आधार मानेर पुरस्कृत गर्ने निर्णय भएको वडाअध्यक्ष दिनेशजंग पाण्डेले जानकारी दिए । 

24-1709887154.jpg

पुरस्कृत हुनेमा श्री शक्ति महिला समूह पहिलो, सेता गणेश महिला समूह दोस्रो, मखुण्डोल महिला समूह तेस्रो भएका छन् । यस्तै सेता भैरब माः पूच तथा सगरमाथा महिला समूहलाई सान्त्वना पुरस्कारसहित सम्मानित गरिएको छ । प्रथम हुनेलाई १५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ भने दोस्रो हुनेलाई १० हजार, तेस्रो हुनेलाई ५ हजार नगर तथा सान्त्वना हुने महिला समूहलाई प्रति समूह ३–३  हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
पुरस्कृत भएका समूहहरूलाई वडाअध्यक्ष दिनेशजंग पाण्डे, वडा सदस्य इन्द्रा श्रीश, निशा मालबुल, उद्धब बस्नेत तथा हरिकृष्ण मजर्हनले नगद पुरस्कारका प्रदान गरेका थिए ।
नारी दिवस कार्यक्रमकी प्रमुख अतिथि महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नारी दिवस तथा शिवरात्रि पनि आजकै दिन परेकोले सबैलाई शुभकाना दिँदै एक नारीले अर्काे नारीलाई सम्मान गरेमात्रै दिवस सार्थकता हुने बताइन् । 
नारी दिवसमा महानगरपालिकाले औपचारिक कार्यक्रम मात्रै नगरी महिलालाई आय आर्जनमा जोड्ने खालको कार्यक्रम ल्याएको उनले बताइन् । 
महानगरले भोलि विशेष कार्यक्रम गरी दिवस मनाउँदै छ उक्त दिन महिलाले उत्पादन गरेका सामग्रीहरूको विक्री प्रवध्द्र्धनमा जोड दिन कोसेली घर सञ्चालन गरिने उपप्रमुख शाक्यले बताइन् । 
वडा स्तरीय महिला समिति २४ नं. वडा धापाखेलको आयोजनामा भएको कार्यक्रमका विशिष्ठ अतिथि वडाअध्यक्ष दिनेशजंग पाण्डेले आफूहरू वडामा निर्वाचित भएर आएदेखि नै नारी दिवसलाई भव्य कार्यक्रम गरी मनाउन सुरु गरेको जानकारी दिँदै पहिलो पटक महिला समूहलाई पुरस्कृत गरिएको सुनाए । 

1-nari--1709893585.jpg
यो पुरस्कार महिला समूहहरूले दुई वर्षयता गरेका कार्यक्रम तथा गतिविधिहरूलाई आधार मानेर दिइएको हो, त्यसमा कहीँ कतै कमजोरी हुन सक्छन् आगमी वर्ष त्यसलाई सच्याएर अघि बढ्ने छौं वडाअध्यक्ष पाण्डेले भने ।  कार्यक्रममा वडासदस्य इन्द्रा श्रीशले महिला सशक्तिकरणका विविध पक्षका बारेमा चर्चा गरिन् । 
यस्तै वडासदसय उद्धव बस्नेतले पनि नारीलाई सम्मान गर्नु पर्नेमा जोड दिए । 
वडा स्तरीय महिला समितिकी संयोजक एवम् वडासदस्य निशा मालबुलको सभापतित्वमा आयोजित कार्यक्रममा महिला समूहका प्रतिनिधि, वडा सचिव, वडाका सल्लाहकार, वडाका कर्मचारीसहित वडावासीसहित ठूलो संख्यामा महिला उपस्थित भएका थिए । 
मखुण्डोलमा आयोजित औपचारिक कार्यक्रमअघि महिलासहित जनप्रतिनिधि, विद्यालयका शिक्षिकासहित वडावासीहरूले तीनकुने पोखरीबाट र्‍याली निकालेको थिए । र्‍याली नागदह हुँदै वडा कार्यालय, बालोदय स्कुल हुँदै मखुण्डोल पुगेको थियो । र्‍यालीमा धिमे समूहहरूले धिमे बाजा बजाएका थिए । तीध्येको एउटा समूहले कार्यक्रम स्थलमा धिमे नृत्य पनि प्रस्तुत गरेको थियो ।

5-nari-1709893429.jpg
 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार