नेपाल–भारत मैत्री अस्पतालमा १५ श्ययाको ‘कोभिड एचडियू वार्ड’ 

शुक्रबार, जेठ ७, २०७८

काठमाडौँ । नेपाल–भारत मैत्री अस्पतालमा १५ श्ययाको ‘कोभिड एचडियू वार्ड’ सञ्चालनमा ल्याइएको छ ।  नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि लायन्स क्लब अफ काठमाडौँ समर्पणको सहयोगमा आजदेखि अस्पतालमा कोभिड श्यया सञ्चालनमा ल्याइएको हो । लायन्स क्लब अफ काठमाडौँका सदस्य विवेक शर्माले दुई हाईफ्लो मेसिन र छ बाईप्याप् मेसिन सहित कोभिड एचडियु वार्ड सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘गरिब तथा विपन्न बिरामीलाई निःशुल्क रूपमा सेवा प्रदान गर्नका लागि मेसिन प्रदान गरेका हौँ’, उनले भने । आगामी दिनमा जीवन रक्षक उपकरण प्रदान गर्दै जाने सो क्लबले जनाएको छ ।  अस्पतालका प्रबन्ध निर्देशक पवन पाठकले अस्पतालले विभिन्न सङ्घ संस्थाको सहकार्यमा कोरोना बिरामीको उपचार गरिरहेको बताए ।   सोही क्लबले एक हप्ता अगाडि सङ्क्रमित गरीब तथा विपन्न परिवारका लागि रविभवनमा ‘जे एण्ड जे कोभिड केयर सेन्टर’ स्थापना गरेर निःशुल्क उपचार समेत थालेको छ । क्लबका पूर्वअध्यक्ष सञ्जय सिङ्घानीयाको नेतृत्वमा  सशस्त्र प्रहरी बल  अस्पताल बलम्बूमा कार्यरत डा रोशनकुमार झासहितको टोलीले सो सेवा प्रदान गरेका छन् ।  सेन्टरले कोभिड बिरामीको रगत परीक्षणका आधारमा बिरामीको अवस्था हेरेर औषधि दिने वा अस्पतालमा भर्ना गर्ने काम गर्दै आएको छ । उक्त कोभिड अस्पतालमा दैनिक ५० देखि ८०  सङ्क्रमितले सेवा लिइरहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  ०६:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार