प्रधानमन्त्री खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस्’

बिहीबार, फागुन २४, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काँध नफेरेर खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस् भन्दै व्यङग्य गरेका छन् । 
बिहीबार प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले उपप्रधानमन्त्रीको लस्कर हेर्दा पहिलो लहर भरिएको र अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर मिलोस् भन्दै प्रधानमन्त्री दाहाललाई काँध नफेरेर खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस् भन्दै व्यङग्य गरेका हुन् । 
उनले भने,‘उपप्रधानमन्त्रीको लस्कर हेर्दा पहिलो लहर भरिएकै छ अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर मिलोस् । अहिले काँध फेर्ने कुरा आएको छ । काँध नफेरेर प्रधानमन्त्रीज्यू खुट्टा फेरिरहन तयार हुनुन्छ भने । फेरिरहनुहोस् यसमा पनि शुभकामना ।’
उनले प्रतिनिधिसभामा हराएको प्रधानमन्त्री भेटिएको भन्दै अब सरकारलाई जनताले पनि भेटेर  सहकारी पीडितहरुले, सरकारी ठगहरुले, मिटरब्याजी पीडितले न्याय पाउन भन्ने शुभकामना दिए ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार