महिला दिवसमा ललितपुर महानगरको कार्यक्रम स्वास्थ्य र वातावरणमा केन्द्रित हुने

उपप्रमुख भन्छिन्,  ‘एक दिन होइन, वर्षभरि नै कार्यक्रम गर्छौं, कार्यान्वयनमा जोड दिन्छौं
बुधबार, फागुन २३, २०८०

ललितपुर । ललितपुर महानगरपालिकाले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाको स्वास्थ्य परीक्षण कार्यक्रम राख्ने भएको छ । शिविरमा स्तन, हर्मोन, मधुमेह, रक्तचाप परीक्षण गरिनेछ । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा गठन भएको मूल समारोह समितिको बैठकमा स्वास्थ्य परीक्षण कार्यक्रमका बारेमा जानकारी दिइएको हो । विभिन्न संघसंस्थासँग सहकार्य गरी आयोजना गरिने उक्त कार्यक्रम राखिनेछ । स्वास्थ्य परीक्षण कार्यक्रम शनिबार र आइतबार हुनेछ । यस वर्षको राष्ट्रिय नारा 'महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी' रहेको छ । त्यसैगरी महानगरले लैंगिक हिंसा निवारणका लागि आर्थिक सशक्तिकरण र कानूनी सचेतना, लैंगिक मैत्री नगर निर्माण हाम्रो चाहना रहेको छ । 
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महानगरले मनाउने सम्पूर्ण दिवसहरु पृथक हुने बताइन् । यो वर्षको अन्तर्राष्ट्रिय महिला दिवस उद्यम, स्वास्थ्य र पर्यावरणसँग जोडेर कार्यक्रम आयोजना गरेको उनले जानकारी दिइन् । उनले भनिन् ,‘हामीले मनाउने प्रत्येक दिवसहरु दिवसका लागि मात्रै मनाइदैंन, नतिजा दिने गरी मनाइन्छ ।’ कार्याक्रमको कार्यान्वयनमा जोड दिइने बताउँदै उनले भनिन् ‘उहाँहरुलाई मोटिभेट गर्नुपर्छ, उद्यमसँग जाड्नुपर्छ, तपाईंले गर्नुसक्नु हुन्छ भन्ने कुरा बुझाउनु पर्छ ।’
आर्थिक आत्मनिर्भरता विना सशक्तिकरण पूर्ण नहुने बताउँदै आत्मनिर्भर बनाउन उद्यमी बन्नुपर्ने उपप्रमुखको भनाई थियो । महिला दिवसको कार्यक्रममा पुरुषहरुको सहभागिता अनिवार्य भएको उनले बताइन् । महिला,बालबालिका शाखा प्रमुख शोभा खरेलले महिलाको  मुद्दालाई महानगरले मार्च ८ र त्यसको सेरोफेरोमा मात्रै सिमित नराखेको बताइन् । महिला उनले भनिन् , ‘’

साइकल र्‍याली गर्ने 
ललितपुर महानगरले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा साइकल र्‍याली गर्ने भएको छ । शनिवार बिहान गरिने र्‍याली जावलाखेलबाट सुरु हुनेछ । मंगलबजारमा पुगेर सम्पन्न हुने र्‍यालीले भनिमण्डल, झम्सिखेल चोक, सिजी, खरिबोट, कानदेवताथान हुँदै मंगलबजार पुग्नेछ । यसैगरी दिवसको अवसरमा महानगरले महिला सशक्तिकरणमा साइकलको भूमिका विषयक छलफल कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । उनले भनिन् , ‘साइकल चलाउनु भनेको स्वस्थ हुनु हो, आत्मनिर्भर बन्नु हो । ’बैठकमा विभिन्न संघसंस्थाको सहभागिता थियो ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार