सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु

शुक्रबार, फागुन १८, २०८०

काठमाडौं । नेपाली सेनाको  सि.सं.१२ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ । नगरकोटस्थित सैनिक वार कलेजमा शुक्रबार आयोजित समारोहमा बलाधिकृत रथी अशोकराज सिग्देलले तालिम उद्घाटन गरेका हुन् ।  तालिमको दौरान विविध सैनिक विषयका साथै राष्ट्रिय हितहरू, त्यसको सम्बर्धन र प्रवर्धन गर्ने तरिका, राष्ट्रिय सुरक्षा नीति तथा रणनीतिहरू जस्ता अति महत्वपूर्ण विषयहरूको बारेमा ज्ञान आर्जन गर्न सकिने रथी सिग्देलले बताए । तालिमका सहभागी अधिकृतहरूलाई भविष्यमा उच्च तहका विभिन्न नियुक्तिमा रही कार्य गर्नुपर्ने राष्ट्रिय सुरक्षासँग जोडिने भएकाले कुनै पनि विषयको विश्लेषण गर्दा तटस्थ रही राष्ट्र र संस्थाको हितमा निर्णय गर्न तथा योजनाहरू बनाउन उनले सुझाव दिए ।  तालिम पश्चात् सहभागी अधिकृतहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सैनिक तथा गैर सैनिक व्यक्तिहरुसँगै मिलेर काम गर्न सक्ने क्षमता, ज्ञान र आत्मविश्वास अभिवृद्धि हुने विश्वास उनले व्यक्त गरे ।  नेपाली सेनाका लागि उच्च दर्जाको मानिएको तालिममा सेनानी दर्जाका ३५ जनाको सहभागिता छ ।  

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  २१:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार