प्रदेश सरकार र पहिचानवादीबीच तीन बुँदे सहमति

बिहीबार, फागुन १०, २०८०

विराटनगर । पहिचानवादी संगठनका प्रतिनिधि र कोशी प्रदेश सरकारको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको छ । विराटनगरमा भएको वार्ताका क्रममा बुधबार साँझ दुई पक्षबीच सहमति भएको हो । सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामकरण संघर्ष समितिबीच भएको दोस्रो चरणको वार्तामा तीन बुँदे सहमति भएको हो । प्रदेशको पुनः नामकरण प्रक्रिया अघि बढाउन सरकार र आन्दोलनरत पक्ष दुबैले कसरत गरेर निष्कर्षको चरणमा पुर्याउन पहल गर्ने सहमति भएको छ । वार्ताका क्रममा सरकारका तर्फबाट यसअघिको वार्तामा भएको सहमतिको बुँदा ३ र ४ कार्यान्वयन प्रक्रिया अघि बढेको प्रगति विवरण प्रस्तुत गरिएको थियो । ती विषयप्रति दुवै पक्षबाट सकारात्मक गरी फागुन मसान्तभित्र कार्यान्वयन गर्ने र पहिचानको आन्दोलनको क्रममा लागेका मुद्दाहरु फिर्ता लिने सम्वन्धमा अदालतहरुमा विचाराधीन मुद्दाहरुको विवरण र घाइतेहरुको उपचार खर्चको विवरण संकलन गरी पेश गर्ने सहमति पनि भएको छ । यसका लागि सरकारी पक्षवाट २ जना र आन्दोलनरत पक्षवाट २ जना रहने गरी कार्यदल गठन गर्ने सहमति भएको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार