त्रिभुवन विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

मंगलबार, फागुन ८, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
उक्त परिणामको सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ । 
प्रहरीका अनुसार दुबईबाट आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको थियो । उनी फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका थिए ।
उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय प्रहरलिे जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार