सहकारीका समस्या समाधान गर्न एमालेद्वारा ध्यानाकर्षण

सोमबार, फागुन ७, २०८०

काठमाडौं । नेकपा एमालेले सहकारीको समस्या यथाशीघ्र समाधान गर्न सबै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।
राजधानीस्थित पार्टी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गर्दै एमाले नेताहरुले करिब ३२ हजार सहकारी संस्थामध्ये केहीले सिद्धान्त, मूल्य र मान्यता बाहिर गएर गरेको कामले बचतकर्ताहरु समस्यामा परेको भन्दै समाधान गर्न ध्यानाकर्षण गराएका हुन् ।
पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा एमाले नेता खगराज अधिकारी र परितोस पौडेलले सरकारले तत्काल ध्यान दिनुपर्ने भनाइ राखे । सहकारी क्षेत्रमा हाल देखिएका समस्या मूलतः प्रणालीले दिएको अवसर माथि टेकेर गरिएको अभ्यासले सृजना भएका भन्दै जनताको बचतको रक्षाको दायित्व सरकारको भएको उनीहरुले बताए ।

Khagaraj-Adhikari--1708354593.jpg

नेता अधिकारीले सहकारी जनआधारित अर्थतन्त्र भएकाले यसमा आएको संकटलाई सरकारले नदेखेजस्तो गर्न नहुनेमा जोड दिए ।  
उनीहरुका अनुसार सरकारी पक्षको उदासीनता र लापरवाहीले सहकारी अभियानमा देखिदै गएको समस्या जटिलता तिर बढेको भन्दै त्यसैले सहकारी क्षेत्रलाई यसको सिद्धान्त, मूल्य र मान्यता र निष्ठाअनुसार चलाउनको लागि नीतिगत हस्तक्षेप गर्नु अनिवार्य भएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार