आजदेखि गोदावरीमा कांग्रेसको महासमिति बैठक

सोमबार, फागुन ७, २०८०

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीस्थित सनसाइज हलमा सुरु हुँदैछ ।  महासमिति बैठकको उद्घाटन काँग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे गर्ने कार्यक्रम छ । बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १ सय ६५, प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार ७ सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी हुने छन् ।  काँग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।  बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले  नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस ह्ुने जानकारी प्रमुख विश्वकर्माले दिएका छन् । प्रस्तावहरूमाथि हिमाल, पहाड, तराई र मधेसको प्रतिनिधित्व हुने गरी चार वटा समूह बनाएर समूहगत रुपमा छलफल गर्ने तयारी काँग्रेसको छ । 
उनले भने,‘प्रतिवेदनहरूमाथि समूहगत छलफल हुनेछ । हिमाल, पहाड, तराई र मधेस सबै क्षेत्रबाट प्रतिनिधित्व हुनेगरि समूह विभाजन गरिनेछ । यसपटकको महासमितिको बैठक विगतको भन्दा अलि फरक ढंगले गर्दैछौं ।’ महासमितिमा सहभागी सदस्यमध्ये कम्तीमा ६० प्रतिशतलाई बोल्न समय दिइने गरी बैठकको तयारी भएको उनले जानकारी दिएका छन् । 
बैठकका सबै गतिविधि जानकारी दिन मिडिया सेन्टर स्थापना गरिएको छ । उनले भने,‘फागुन ७ देखि १० गतेसम्म गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक हुँदैछ । आजबाट मिडिया सेन्टर स्थापना गरिएको छ ।’ 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार