स्थानीय तहको आगामी निर्वाचनको तयारीबारे दलहरूसँग आयोगको छलफल

शुक्रबार, मंसिर ४, २०८३

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको आगामी निर्वाचनको तयारीबारे राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेको छ । स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिन करिब पाँच महिना बाँकी रहँदा आयोगले दलहरूसँग परामर्श थालेको हो । आयोगमा जारी छलफलमा नेपाली काँग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेता सहभागी छन् । छलफलका लागि आयोग पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई बैठकमा बस्न भनेर बाहिरिएका छन् । पछिल्लो स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते भएको थियो। निर्वाचन भएको मितिबाट गाउँसभा र नगरसभाको कार्यकाल पाँच वर्ष हुने व्यवस्थाअनुसार हालका स्थानीय जनप्रतिनिधिको कार्यकाल २०८४ वैशाख ३० गते सकिँदै छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  १४:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार