बर्दिबासको हाथीलेटबाट ४० क्युफिट सालका काठ बरामद 

निषेधाज्ञाले पनि रोकेन तस्करी 
बिहीबार, जेठ ६, २०७८

महोत्तरी । निषेधाज्ञाको मौका छोपी महोत्तरीमा वन सम्पदा चोरीका घटना बढेका छन् । पछिल्लो पटक बुधबार बिहानै वन सुरक्षा गस्तीले बर्दिबास नगरपालिका–८ हाथीलेटबाट ४० क्यूफिट साल (साखु) को काठ बरामद गरेको छ । वन सुरक्षा गस्तीले  लखेट्दै जाँदा तस्कर काठ राखिएको साइकल छाडेर भागेका थिए । सागरनाथ वन विकास परियोजनाको हात्तीलेट युनिटको १० नम्बर प्लटबाट तस्करले सालका रुख कटान गरेका हुन् । जम्मा १० गोलिया बनाएर एक÷एक साइकलमा राखेर लैजाँदै गरेको थाहा पाएर पिछा गर्दा काठ बरामद भएको सशस्त्र वन सुरक्षा शाखा बर्दिबास–४ माइस्थानले जनाएको छ । तस्कर भने भाग्न सफल भएको गस्ती टोलीका प्रमुख सहायक वन अधिकृत सन्तोषकुमार यादवले बताए ।  बरामद काठ र साइकल सबडिभिजन वन कार्यालय बर्दिवासमा राखिएको र तस्करहरूको खोजी जारी राखिएको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । जिल्लामा असहज परिस्थितिको फाइदा उठाउँदै वन क्षेत्रमा तस्करहरूको चहलपहल केही दिनयता तीब्र रूपमा बढेपछि निगरानीलाई बढाइएको थियो । एक साता पहिले मात्र शिकार गर्न वन पसेका शिकारीको पिछा गर्दै प्रहरीले बर्दिबास–५ टुटेश्वर वन क्षेत्रबाट एउटा स्कुटी, एक थान भरुवा बन्दुक, फलामका काँटी र बारुद बरामद गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  ०७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार