सोसल मिडिया
Contact Us
युनिकोड
बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका क्षेत्रभित्र बुधबारदेखि एक साताका लागि बन्द गरिएको छ । नगरभित्र कोरोना भाइरस सङ्क्रमण रोकथाम एवं नियन्त्रणका लागि बुधबार राति १२ बजेदेखि आगामी जेठ १२ गते राति १२ बजेसम्म नगरपालिकाको सम्पूर्ण क्षेत्र बन्द गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले मङ्गलबार सूचना जारी गर्दै हाल विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को दोस्रो भेरियन्टको सङ्क्रमण समुदायस्तरमा नै फैलिएको र सङ्क्रमितको सङ्ख्या पनि दिनानुदिन बढ्दै गइरहेकाले नगर क्षेत्रहरू सङ्क्रमणको अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको हुँदा बन्द गर्नु परेको नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले बताए ।