ललितपुर महानगर २४ नं. वडास्थित सहयोगी महिला समूहले छनोट गर्‍यो  नयाँ कार्यसमिति (भिडियो)

बुधबार, माघ २४, २०८०

धापाखेल(ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडामा क्रियाशील सहयोगी महिला समूहले आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । महानगर २४ नं. वडाका वडाअध्यक्ष दिनेशजंग पाण्डेलाई प्रमुख अतिथि तथा जनप्रतिनिधि इन्द्रा श्रीश, निशा मालबुल तथा हरिकृष्ण महर्जनलाई विशेष अतिथि बनाएर अस्ति शनिबार समूहले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो । वार्षिक साधारण सभाले नन्दकुमारी महर्जनलाई अध्यक्ष चयन गरेको छ । समूहको सचिवमा प्रमिला महर्जन, कोषाध्यक्षमा प्रार्थना थापा, सदस्यमा सरिता महर्जन, गुणकेशरी महर्जनलाई चयन गरेको छ ।

dinu-2-1707276941.jpg
समूहको सल्लाहकारमा निवर्तमान अध्यक्ष शान्ति महर्जन तथा संस्थापक निशा मालबुललाई चयन गरेको छ । नवनिर्वाचित समूहका पदाधिकारीलाई वडाअध्यक्ष दिनेशजंग पाण्डेले खादा ओढाएर सम्मान गर्नुभयो । सेता भैरव टोलमा महिलाहरूको चौतर्फी विकास गर्न भन्दै २०७४ चैत ५ गते गठन गरिएको उक्त समूहले २०७५ जेठ १७ गते महानगरको समाज कल्याण महाशाखामा आवछ गराई कानुनी हैसियत लिएको थियो । गैर नामामुखी समूहले सुरुमा सदस्यबाट एक सय रुपैयाँ लिने गरेकोमा त्यसलाई  बढाएर हाल मासिक ५०० रुपैयाँ पुर्‍याइएको छ । अहिले समूहमा २७ जना सदस्य रहेका छन् । 
समूहले कोरोना भाइरस महामारी फैलिएका बेला माक्स उत्पादन गरी समूहका सदस्यहरूलाई वितरण गरेको थियो । कोरोना भाइरसकै बेला राहत वितरण, स्वास्थ्य शिविरमा सहभागी तथा वडालाई  प्लास्टिकरहित वडा बनाउन कपडाको झोला बनायृ सहुलियत दरमा विक्री वितरण गरेको थियो ।
चौथो वार्षिक साधारणसभाका प्रमुख अतिथि एव्म वडा नं. २४ का वडा अध्यक्ष दिनेशजंग पाण्डेले समूहका क्रियाशील महिला दिदी बहिनीलाई सामाजिक कार्य गर्न प्रेरित गर्दै स साना समूह बनाउनु भन्दा मत मिल्ने समूह मर्ज गरी ठूलो बनाउन सुझाव दिनुभयो । कार्यक्रममा महिला वडासदस्य इन्द्रा श्रीशले पनि अध्यक्षज्यूले भने अनुसार नै समूह मर्जरमा गएर ठूलो हुन आह्वान गर्नुभएको थियो । 

sahayogi--1707276893.jpg
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार