प्रदेशलाई अधिकार दिन उदार हुनुपर्नेमा संसदीय समितिको जोड 

सोमबार, माघ २२, २०८०

काठमाडौं । संसद्को स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा सदस्यहरुले सबै अधिकार केन्द्रकृत गर्नुभन्दा प्रदेशलाई दिनुपर्ने अधिकारका सवालमा उदार हुनुपर्ने बताएका छन् ।  सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संघीयतासँग सम्बन्धित कुरामा संविधानले प्रदेशको अधिकार क्षेत्र भनेर तोकेका केही विषयहरु केन्द्रमा परेका भए हटाउनुपर्ने बताइन । 

‘सुरक्षण मुद्रण भने संघकै अधिकार क्षेत्रभित्रको हो । अरु प्रदेशलाई जिम्मा दिनुपर्ने  क्षेत्र यता परेको भए हटाउनुपर्छ भन्नेमा म पनि सहमत छु,’ उनले भनिन्, ‘ड्राइभिङ् लाइसेन्सको कुरा हो जस्तो लाग्छ प्रदेशमा दिने भनेको, अरु बाँकी सुरक्षण मुद्रणको परिभाषाभित्र जे जे कुरा छन् त्यो प्रदेशको अधिकार क्षेत्रभित्र छैन जस्तो लाग्छ । तैपनि संविधानमा त्यस्तो केही छ भने त्यसलाई हटाउन सकिन्छ ।’ 
उनले विधेयकमा छुटेका विषय समावेश गर्न सकिने बताइन । ‘पछि थपिने विषयलाई खुल्ला गर्दा हुन्छ,’ उनले भनिन् । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार