सिटामोल’मा जनयुद्धका घाइते ‘सौगात’

सोमबार, माघ २२, २०८०

काठमाडौं । माओवादी जनयुद्धको कथामा आधारित रहेर निर्माण भइरहेको फिल्म ‘सिटामोल’को यतिबेला सिन्धुलीमा धमाधम छायांकन भइहेको छ । 
राजबहादुर साने निर्देशित फिल्मको ५० प्रतिशत छायांकनको काम पुरा भइसकेको छ ।
फिल्ममा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल प्रमुख भूमिकामा छन् । 
निर्माण टिमले दुवैको फिल्मी लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक लुक्समा अभिनेता सौगात वैशाखी र भाले बोकेका छन् भने बेनिशाले बच्चा बोकेकी छन् । 
फिल्ममा सौगात माओवादी जनयुद्धका घाइतेको भूमिकामा देखिने निर्माण पक्षले जनाएको छ ।
फिल्ममा लोकेन्द्र लेखकको पनि अभिनय छ । बाबुल गिरीको संगीत रहेको फिल्ममा दिव्य सुवेदीको छायांकन छ । फिल्ममा रमेश वन गोसाईं र श्याम थापाको लगानी छ ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार