बन्दसत्रमा कार्यकर्ताबीच कुटाकुट भएपछि एमाले धादिङको अधिवेशन स्थगित

आइतबार, माघ २१, २०८०

काठमाडौं । बन्दसत्रमा कार्यकर्ताबीच कुटाकुट भएपछि नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ ।
शुक्रबारदेखि सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत नामका विषयमा शनिबार बन्दसत्रमा विवाद भई कुटाकुट भएपछि अधिवेशन स्थगित भएको बगामती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले जानकारी दिएका छन् ।आईतबार एक विज्ञप्त िजारी गर्दै अर्को सूचना जार िनभएसम्मका लागि अधिवेशन स्थगित भएको ढुंगेले जानकारी दिए । 
बन्दसत्रमा कुटाकुट हुँदा एमाले कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ । 
‘माघ २० गते बन्दसत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतंकित परिस्थिति देखाप¥यो । यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ ।’ विज्ञप्तीमा उल्लेख छ  ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार