Dashain Banner
Dashain Banner

ललितपुर महानगरपालिका २४ नं. वडा धापाखेलमा ६२ जना सह–योग शिक्षक दिक्षित (भिडियो)

महानगर उपप्रमुखले भनिन्, ‘रोग लाग्नै नदिनका लागि बच्चादेखि नै योग–ध्यान आवश्यक छ’
शनिबार, माघ २०, २०८०

धापाखेल(ललितपुर) । वडावासीलाई शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य राख्न ललितपुर महानगरपालिका २४ नं. वडाले योगाका लागि वर्षेनी बजेट विनियोजन गर्ने गरेको छ । चालु आर्थिक वर्षको बजेटमा पनि वडाले बजेट विनियोजन गरी योग प्रशिक्षणका लागि आवश्यक रकम उपलव्ध गराएको छ । ३६ दिनसम्म सञ्चालन भएको सह–योग शिक्षकका लागि वडाले बजेट उपलव्ध गराएर ६२ जना योग शिक्षक तयार पार्न सघाएको छ । ती सह–योग शिक्षकलाई शनिबार एक कार्यक्रमको आयोजना गरी सह–योग शिक्षक परिचय पत्र, प्रमाणपत्र प्रदान गरिएको छ । ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यलाई प्रमुख अतिथि बनाइएको उक्त कार्यक्रममा उपप्रमुख बज्राचार्य, वडाअध्यक्ष दिनेशजंग पाण्डे तथा पताञ्जली योग समिति महानगरका अध्यक्ष एमपी अधिकारीसहितको टोलीले तालिम लिएर दिक्षित भएका सह–योग शिक्षकलाई परिचयपत्र तथा प्रमाणपत्र वितरण गरे । 
‘गरौ योग रहौं निरोग’ भन्ने नाराका साथ पताञ्जली योग समिति ललितपुरले महानगरका धेरै वडाहरूमा योग अभ्यास गराउँदै आएको छ । 

425003552_7113671302014446_643409587124386020_n-1706972286.jpg

सह–योग शिक्षक तालिम गत मंसिर २९ गते देखि पुस १४ गतेसम्म सञ्चालन गरिएको थियो । सोही तालिमको समापन तथा दिक्षान्त कार्यक्रम आज भएको हो । तालिममा बासुकी नागदह योग साधाना केन्द्र, बैष्णोदेवी योग साधाना केन्द्र, पशुपति योग साधाना केन्द्रका ६२ जना योग साधक साधिका सहभागी भएका थिए । 
सह–योग शिक्षक तालिम समापन तथा दिक्षान्त समारोह पताञ्जली योग समिति ललितपुर, महिला पताञ्जली योग समिति युवा समिति पताञ्जली योग समिति ललितपुर महानगरले आयोजना गरेका हुन् ।
समारोहकी प्रमुख अतिथि महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले योगका सैद्धान्तिक ज्ञान आफूलाई त्यति नभए पनि आफू र आफ्नी छोरीले नियमित योगा गर्ने गरेको बताइन् । 

Yoga-4-1706972222.jpg

‘योग भनेको सिक्ने र सिकाउने विधा हो’, उनले भनिन्, ‘योगलाई ब्यवहारमा लागू गर्नु झनै ठूलो कुरा हो । योग ध्यान नियमित गर्नु आवश्यक छ ।’
‘पहिला शारीरिक परिश्रम हुने खालका काम धेरै गरिन्थ्यो, अहिले परिस्थिति बदलिएको छ’, उनले भनिन, ‘हामी अहिले पनि काम त गर्छाैं, तर आरामले कुर्सी, सोफामा बसेर । यसले शारीरिक कसरत हुँदैन । खानपान पनि त्यस्तै छ ।’शरीरमा रोग लाग्न नदिनका लागि बच्चादेखि नै योग र ध्यान आवश्यक रहेकोमा उनले जोड दिइन् । 
‘स्वच्छ महानगर, स्वास्थ्य महानगर’ बनाउने अभियान सुरु गरेकोले पनि योगाले यो अभियानलाई सहयोग पु¥याउने उनले विश्वास व्यक्त गरिन् । 

424996629_7113670988681144_7180215461807237459_n-(1)-1706972284.jpg

कार्यक्रमका विशेष अतिथि ललितपुर महानगर २४ नं. वडाका वडाअध्यक्ष दिनेशजंग पाण्डेले शारीरिक तथा मानसिक सन्तुलनका लागि योग अति नै आवश्यक रहेकोमा जोड दिँदै योगका लागि आवश्यक पर्ने सामान्य पूर्वाधारका लागि  सहयोग गर्न वडा कार्यालय सधैं तयार रहेको बताए ।
कार्यक्रममा २४ नं. वडाका महिला वडासदस्य इन्द्रा श्रीशले योग तथा ध्यानले शरीर फूर्तिलो हुने जनाउँदै अझै पनि स्थान व्यवस्थापन गर्न नसक्न साविक ३ नं र ९ नं वडामा योग शिविर सञ्चालन गर्न नसकेको बताइन् । 

424728243_7190795531013457_676620909947829840_n-1706972516.jpg

  

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार