सोसल मिडिया
Contact Us
युनिकोड
दमौली । छिमेकी जिल्ला लमजुङको भुलभुले केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका–१४ मा एक घर भत्किएको छ । पाँच दशमलव आठ रिक्टर भूकम्पका कारण व्यास–१४ कुलुङका कृष्णबहादुर कामीका घरमा क्षति पुगेको हो । विसं २०७२ को भूकम्पले चर्किएको घर आजको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरको माथिल्लो तल्लाको भागमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले भूकम्पको क्षतिको विवरण आइनसकेको बताएको छ । भूकम्प गएपछि दमौलीमा सर्वसाधारण बिहान घरबाट बाहिर निस्किएका थिए ।
भुलभुलेलाई केन्द्र बनाएर आजै दुई पटक भूकम्प भुलभुलेमा दोस्रो पटक भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्नेच्युटको भूकम्प गएको हो । बिहान ५ बजेर ४२ मिनेटमा भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो । पहिलो तथा दोस्रो भूकम्पको धक्का काठमाडौंसम्म महसूस गरिएको थियो।