जीबी राईसहित तीनविरुद्ध इन्टरपोलबाट ‘डिफ्युजन’ नोटिस जारी

आइतबार, माघ १४, २०८०

काठमाडौं । प्रहरीले पोखरा–४ नालाकोमुखस्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित तीन जनाविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी गरेको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत मुख्य प्रतिवादी राईसहित भूपेन्द्र राई र थानबहादुर बूढामगरविरुद्ध समेत ‘डिफ्युजन’ नोटिस जारी गरेको जिल्ला प्रहरी कार्यालय कास्की आइतबार जनाएको छ ।  सूर्यदर्शन सहकारीमार्फत ठगी गरेको आरोपमा १९ जनाविरुद्धको मुद्दा जिल्ला अदालत पोखरामा दर्ता गरिएको छ । सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहितका व्यक्ति पनि पक्राउ परिसकेका छन् । जीबी राई ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत हुन् ।  कास्कीमा मात्रै १९ हजार जनाभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोप उनीहरुमाथि छ ।  रकम हिनामिना प्रकरणमा उनीहरुमाथि सहकारी ऐन र मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १९:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार