दैनिक २५ युनिट रगत संकलन,  ५० युनिट खपत 

बुधबार, जेठ ५, २०७८

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रले कोभिड–१९ का महामारीमा  रगत सङ्कलनलाई जारी राखेको छ । मानवीय सेवाको सर्वाेच्च सस्था रेडक्रसलले  रगतको अभाव हुन नदिन जनस्वास्थ्यमा आवश्यक सबै मापदण्ड पालना  गरी  देशभर रगत सङकलनलाई निरन्तरता दिएको  छ  ।  क्यान्सर,मिर्गौलाका बिरामी , प्रसूति तथा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई ताजा रगतको आवश्यक पर्छ ।  सोसाइटीद्वारा सञ्चालित केन्द्रका निर्देशक दिव्यराज पौडेलले निषेधाज्ञाका कारण काठमाडौँ जिल्लामा दैनिक दुई ठाउँमा २० देखि २५ युनिट मात्र रगत सङ्कलन भइरहेको र स्वयंसेवी रक्तदाता कालीमाटीस्थित केन्द्रमा आइ रगतदान गर्ने गरेका बताए ।  उनका अनुसार निषेधाज्ञा जारी गर्नुपूर्व काठमाडौँमा दैनिक २०० युनिट सङ्कलन हुने गर्दथ्यो ।  अहिले यसको २० प्रतिशत मात्र हुने गरेको उहाँको भनाइ  छ । साथै दैनिक ३५० युनिट रगत खपत हुने गर्दथ्यो ।  सङ्कलित रगतले मागको आधामात्र पूर्ति गरेको छ । अहिले दैनिक ५० युनिट रगतको माग हुने गरेको छ ।  ‘अहिले  क्याम्पबाट सङ्कलित  रगतले मागको  आधा मात्र पुरा गरेको छ”, उनले भने, ‘यसैले रगत सङ्कलन अझ बढाउनु आवश्यक छ । म रक्तदातालाई पायक पर्ने स्थानमा पुगि रगत दान दिन आह्वान गर्दछु ।’  “क्यान्सर, मिर्गौलाका बिरामी, प्रसूतीलाई नियमित रगतको आवश्यक भइरहने गर्दछ” उनले भने, ‘ अहिले गरिएको सङ्कलनले ती बिरामीलाई धान्न मुश्किल परेको छ ।’ 

बिरामीका आफन्तले पनि  रगत दिइरहेका छन् ।  सामान्य अवस्थामा देशभर दैनिक एक हजारदेखि एक हजार २०० युनिट र बार्षिक तीन लाख युनिट रगत सङ्कलन हुने गर्दथ्यो । कोरोना कहरका कारण देशभर अहिले  २० प्रतिशत मात्र सङ्कलन भइरहेको छ । 
विश्व स्वास्थ्य सङ्गठनले  रगतदान र रगत प्राप्त गरेका कारण  कोभिड–१९ को सङ्क्रमण नसरेको जनाएको  छ । उनले भने, ‘ढुक्क भएर स्वास्थ्यमा मापदण्ड पालना गरी रगत सङ्कलन गर्ने ठाउँमा गएर रक्तदान गर्न आग्रह गर्दछु ।’ लक्षण नभएका र खोप लगाएकाले  १५ दिनपछि रक्तदान गर्न मिल्ने छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  ०८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार