लमजुङको भुलभुले केन्द्रविन्दु भएर ५.८ रिक्टर स्केलको भूकम्प, क्षतिको विवरण संकलन गर्दै गाउँपालिका

बुधबार, जेठ ५, २०७८

काठमाडौँ ।  लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए ।   भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे जानकारी प्राप्त भइसकेको छैन ।
 

 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  ०६:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार