राष्ट्रिय गौरवका आयोजनाको काम ढिला भएकै हो : मन्त्री बस्नेत

शुक्रबार, माघ ५, २०८०

काठमाडौं । उर्जा जलश्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरवका आयोजनाहरूको कामलाई गति दिन आवश्यक पहल गरिरहेको बताएका छन् ।  शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरूको हालसम्मको प्रगति, समस्या र चुनौती, समस्याको कारण भावी कार्ययोजनाको विषयमा भएको छलफलमा उनले काममा ढिलाई भएको स्वीकार गर्दै अहिले गौरवका आयोजनाहरूको कामलाई गति दिन आवश्यक पहल गरिरहेको बताएका हुन् । उनले भने,‘अलिकति ढिला त देखिएकै छ । ढिला भएकै छैन भन्ने होइन् तर केही काम नै भएको छैन् भन्ने पनि होइन् । काम पनि उल्लेखनीय नै भइरहेको छ । समयमै नै सम्पन्न हुनुपर्ने भएको छैन् । अहिले हामी कामलाई गति दिनका लागि पनि कोसिस गरिरहेका छौं । प्राप्त पनि भइरहेको छ ।’ 
लगानी महंगो र नाफा कम हुनेभएकाले जलाशययुक्त आयोजनाहरुमा लगानी अहिलेसम्म हुन नसकेको उनको गुनासो छ । उनले अब नयाँ ढंगले नसोच्ने हो भने जलाशययुक्त आयोजनाहरु निर्माण नहुने धारणा राखे । 
‘लगान महँगो हुनेवाला छ । नाफा अलि कम हुनेभएकाले जलाशययुक्त आयोजनाहरुमा लगानि अहिलेसम्म हुन सकेको छैन् । विद्युत ऐन अहिले विधेयक प्रस्तुत भएको छ । त्यसमा जलाशययुक्त आयोजनाहरूमा अलिकति आकर्षण गराउनको लागि कानुनी व्यवस्था के गर्ने कहाँ ध्यान दिने भनेर केही व्यवस्था गरेका छौ,’उनले भने,‘ अब नयाँ ढंगले नसोच्ने हो भने जलाशययुक्त आयोजनाहरु नआउने भए । त्यस्ता आयोजनाहरू निर्माण नगरी सुख्खा यामको आपूर्ति गर्न नसक्ने अवस्था आउने जस्तो भइसक्यो ।’  मन्त्री बस्नेतले अब बुढीगण्डकी जलविद्युत आयोजना अगाडि बढ्ने प्रतिबद्धता जनाए । आकर्षक आयोजना नभएपनि राष्ट्रिय आवश्यकताको हिसाबले जानुपर्ने भन्दै उनले भने,‘अब हामी बुढीगण्डकी जलविद्युत आयोजनामा अगाडि बढ्छौं । त्यो भंयकर आकर्षक आयोजना त होइन् तर जानैपर्ने अवस्था छ । राष्ट्रिय आवश्यकताको हिसाबले जानुपर्ने छ । ४०–४५ अर्ब लगानी पनि गरिसकेका छौं । अब अगाडि बढ्छौ. । ’

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार