पूर्वाधार विकासलाई तीब्र रुपमा अघि बढाउँदै ललितपुर महानगर २४ नं. वडा (भिडियो)

तीनकुने पोखरी–महादेवखोला ढल निर्माण
शनिबार, पुस २८, २०८०

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालयले आर्थिक वर्ष २०८०–०८१ को स्वीकृत बजेटबाट पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएर काम अघि बढाएको छ । यसै क्रममा तीनकुने पोखरीस्थित नवनिर्मित वडा कार्यालय भवनसँगै जोडिएको ओरालो बाटोमा ढल निर्माण गरिएको छ ।  तीनकुने पोखरी धापाखेल उपभोक्ता समितिको अगुवाईमा तीनकुने पोखरी–महादेव खोला ढल निर्माण गरिएको हो । तीनकुने पोखरी–महादेव खोला १३० मिटर लम्बाईको उक्त योजना निर्माण गरिएको वडा अध्यक्ष दिनेशजंग पाण्डेले जानकारी दिनुभयो । उक्त स्थानमा २ फिट गोलाइका ५२ वटा ढल पाइप राखिएको छ ।

Dhal--1705115900.jpg योजना अन्तर्गत १० वटा मंगाल निर्माण गरिएको छ । लेले–चापागाउँ–ठेचो हुँदै लगनखेल जाने राजकुलोबाट आउने पानी सडकको एकतर्फबाट मात्रै निकास हुँदा वर्षाका बेला सडककै भरी पानी बग्ने र त्यसले खाल्डाखुल्डीयुक्त सडक झन् झन बिग्रँदै जान थालेकाले त्यो समस्यामा समाधानका लागि तीनकुने पोखरीबाट पश्चिमतर्फको महादेव खोलामा पानीकाे निकासका लागि ढल निर्माण गरिएको वडाअध्यक्ष पाण्डेले बताउनुभयो । ‘यो ढल निर्माण कार्यले वर्षातका बेला अघिल्ला वर्षहरूमा झैं देखिएका समस्या विस्तारै कम हुँदै जाने हामीले विश्वास लिएका छौं’, उहाँले भन्नुभयो । महादेव खोलामा महानगरकै वडा नं. २७ ले पनि वखाटतर्फको ढल ल्याएको छ । योजना अन्तर्गत वडा कार्यालयले वडा भवनभन्दा केही तलसम्म वडा बजेटबाटै बाटो ढलान पनि गर्नेछ । ग्राभेल राखेर पानीको निकासका लागि आवश्यक पूर्वाधार बनाएर बाह्रै महिना मानिस तथा सवारी साधानको सहज आवागमन हुन सक्ने अवस्थाको बाटो निर्माण हुने वडाअध्यक्ष पाण्डेले बताउनुभयो ।  

Dhal-2-1705115930.jpg

WhatsApp-Image-2024-01-13-at-07.30.19-1705146194.jpeg

WhatsApp-Image-2024-01-13-at-07.30.18-1705146197.jpeg

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार