आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने मन्त्री बस्नेतको दावी 

शुक्रबार, पुस २७, २०८०

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने दावी गरेका छन् । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बिहीबार उनले सगरमाथा क्षेत्रमा विद्युतीकरण र नेपाल–भारतबीच हालै भएको दीर्घकालिक विद्युत व्यापारसम्बन्धी सम्झौताका सम्बन्धमा भएको छलफलमा भने, ‘१२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने दावी गर्दै उनले त्यसका लागि सरकारले ठोस कार्यनीति बनाएको जानकारी दिए । उनले भने, ‘पर्याप्त छलफल गरेर यो निर्णयसम्म पुगेका छौं । हामी आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्छाैं । यो सम्भव छ । यो हामीसँग ठोस कार्यनीति छ ।’ उनले आगामी १० वर्षभित्रमा नेपालले १० हजार मेगावाट विद्युत भारतमा निर्यात के कसरी गर्ने भन्नेबारे काम गर्न दुई देशबीच संयन्त्र बनाएको जानकारी दिए ।

Shakti-Basnet-1705013524.jpg २५ वर्षसम्मका लागि भएको उक्त सम्झौता १० वर्षपछि आवश्यकताअनुसार नवीकरण हुँदै जाने पनि उनले जानकारी दिए ।  उनले भने, ‘दीर्घकालीन विद्युत व्यापार नेपाल र भारत बीचमा २०१४ मै सम्झौता भएको थियो । आगामी १० वर्षभित्र नेपालले १० हजार मेगावाट विद्युत भारत निर्यात गर्नेछ । कसरी गर्ने, कुन रेटमा गर्ने के गर्ने भन्नेबारे दुई देशबीच संयन्त्र छ । यो २५ वर्षसम्मको लागि छ । तर १० वर्षपछि आवश्यकताअनुसार नवीकरण हुँदै जाने छ ।’ उनले विद्युत देशमै खपत गर्न पुगेको छैन किन निर्यात भन्ने प्रश्न उठ्ने गरेको भन्दै देशमा खपत भएर बचेको विद्युतमात्र निर्यात गर्ने गरी तयारी गरेको उल्लेख गरे ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ०४:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार