अद्धैतमार्गको सर्वोत्तम सहकारी पनि ठगीकै सूचीमा

बुधबार, पुस २५, २०८०

काठमाडौं । देशका प्रमुख शहरमा च्याउ सरी खुलेर सर्वसाधारणलाई प्रलोभनमा पारेर उनीहरुको बचत रकम ठगी गरेको आरोप खेपिरहेका सहकारी मध्ये झण्डै ८० प्रतिशत सर्वसाधारण उपत्यकाकै सहकारीबाट ठगीएका छन् ।
यसै सिलसिलामा बागबजारमा नेपाल प्रहरी क्लबको ठ्याक्कै पछाडि अद्धैतमार्गमा सञ्चालनमा रहेको सर्वोत्तम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले पनि कयौं सर्वसाधारणलाई ठगी गरेको पाइएको छ । कतिपय बचतकर्ताको मुद्धती (फिक्स डिपोजिट) मा जम्मा गरेको रकम अवधि पुगिसकेर पनि फिर्ता पाउन त परैको कुरा फरार रहेको यसका एक्ला चल्तापूर्जा सञ्चालक विनोदलाई भेट्न, मोवाइलमा सम्पर्क गर्न समेत पाइरहेका छैनन् । सहकारी त बन्दै छ, खुल्न छाडेकै महिनौं भइसक्यो । देखावटी रहेका अन्य सञ्चालकले समेत यतीबेला सहकारीका नाममा जम्मा गर्न लगाएको रकम अध्यक्षले नै आफूखुसी प्रयोग गरेर संस्थालाई धराशायी बनाएको आरोप लगाउन थालेका छन् ।

sarbottam@binod-1704884418.jpg
सहकारीमा अन्य सञ्चालक र कर्मचारीलाई समेत जम्मा भएको बचत रकम कता प्रयोग भैरहेको छ भन्ने बारेमा खासै जानकारी दिने नगरेको पछिल्ला दिनमा आएर सबैले बुझेका छन् । सर्वोत्तम सहकारीका पिडीत बचतकर्ताले एकजुट भएर सञ्चालक विरुद्ध ठगीमा उजुरी दिने तयारी गरिरहेको बताइएको छ ।
यतीबेला फरार जस्तै रहेका सर्वोत्तम सहकारीका अध्यक्ष कुनै पनि बचतकर्ताको सम्पर्कमा छैनन् । उनी कार्यालय जान छाडेको महिनौं भइसक्यो । कार्यालयमा बाहिरपट्टी टाँगिएको साइनबार्ड पनि झिकिएको छ । ढोकामा ताल्चा झुण्ड्याइएको अवस्था छ । यदाकदा 'एस म्यान' लाई सहकारीको कार्यालय खोल्न पठाइए पनि त्यहाँ पुगेका बचतकर्तासँग आफूहरुलाई सहकारीका बारे केही जानकारी नभएको भन्दै पीडित बचतकर्तालाई चित्त बुझ्दो जवाफ समेत नदिएरै उम्कन खोज्छन् ।
अध्यक्ष विनोदले ९८०१११८८७१, ९८४१९६०६२६, ९८२२७६८९१८ नम्बरका मोवाइल बोक्छन् । अधिकांश समय ति सबै मोवाइल स्वीच अफ नै हुन्छन् । यदाकदा कतै सम्पर्क गर्नु परेर कुनै नम्बरको मोवाइल खोली हालेको अवस्थामा पनि बचतकर्ताले  गरेको फोन उठाउँदैनन् ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार