भुटानमा भएको निर्वाचनमा पिपुल्स डेमोक्र्याटिक पार्टी विजयी 

बुधबार, पुस २५, २०८०

काठमाडौं । भुटानको हिमाली राज्यमा भएको निर्वाचनमा पिपुल्स डेमोक्र्याटिक पार्टी विजयी भएको छ ।  पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पिपुल्स डेमोक्र्याटिक पार्टीले संसदमा झण्डै दुई तिहाइ सिट जितेको हो । 
भुटान ब्रोडकास्टिङ सर्भिसको रिपोर्ट अनुसार, गरेको पीडीपीले ४७ नेशनल एसेम्बली सिटमध्ये ३० सिट जितेको छ । त्यस्तै प्रतिस्पर्धी भुटान टेन्ड्रेल पार्टीले १७ सिट जितेको छ । 
सन् २००८ मा परम्परागत राजतन्त्रबाट संसदीय सरकारमा परिणत भएपछि भुटानमा यो चौथो आम निर्वाचन हो । 
भुटानको निर्वाचन आयोगले बुधबार अन्तिम घोषणा गर्ने अपेक्षा गरिएको छ । 
देशले कूल गार्हस्थ्य उत्पादन ९जीडीपी०को सट्टा ‘कुल राष्ट्रिय खुशी’ सूचकांकको प्रयोग गरे पनि चुनावी अभियानहरूले आर्थिक वृद्धि र अवसरमा केन्द्रित रहेका थिए । 
निर्वाचनमा दुवै दल ‘जनताको सुख र हित’ द्वारा आफ्नो सफलता मापन गर्ने संवैधानिक रूपमा स्थापित सरकारको दर्शनप्रति प्रतिबद्ध रहेका बताएका थिए । 
५८ वर्षीय तोब्गे दोस्रो पटक प्रधानमन्त्री बन्ने अपेक्षा गरिएको छ । वर्तमान राजाको शासन सुरु भएलगत्तै सन् २००८ मा स्थापना भएको भुटानको पहिलो संसदमा उनी विपक्षी नेता थिए ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार