३४ वर्षिय एटल बने फ्रान्सको पहिलो समलिङ्गी प्रधानमन्त्री

बुधबार, पुस २५, २०८०

काठमाडौं । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गेब्रियल एटललाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । एटल प्रधानमन्त्रीको पद धारण गर्ने सबैभन्दा कान्छो र पहिलो खुला समलिङ्गी अधिकारी बनेका छन् । 
यसअघि शिक्षामन्त्री रहेका एटललाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । हालैको मत सर्वेक्षण अनुसार एटल देशको सबैभन्दा लोकप्रिय राजनीतिज्ञ मध्ये एक हुन् ।  फ्रान्सका राष्ट्रपति म्याक्रोन जम्मा ४६ वर्षका छन् । उनको कार्यकाल २०२७ सम्म रहेको छ । विवादास्पद अध्यागमन कानून र केही विदेशीहरूलाई देश निकाला गर्ने सरकारको नीति प्रति राजनीतिक तनाव बढेपछि  बोर्नले राजीनामा दिएकी थिइन् । फ्रान्सेली राजनीतिक प्रणाली अन्तर्गत, प्रधानमन्त्री राष्ट्रपतिद्वारा नियुक्त गरिन्छ र संसदप्रति उत्तरदायी हुन्छ । अटलले घरेलु नीति कार्यान्वयन गर्ने, विशेष गरी आर्थिक उपायहरू र सरकारको मन्त्रीहरूको टोलीलाई समन्वय गर्ने जिम्मेवारीमा हुनेछन् ।  २०२३ मा अलोकप्रिय पेन्सन र अध्यागमन सुधारलाई धक्का दिएपछि म्याक्रोनले काँटेको चुनौतीको वर्ष भोग्नुपरेको छ । एटललाई बोर्डमा ल्याउने उनको यो कदमलाई युरोपेली संसदको जुनमा हुने चुनावअघि लोकप्रियता बढाउने रूपमा हेरिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ०७:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार