लेबनानले भूमीमा आक्रमण गरेपछि इजरायलद्धारा जवाफी हमला

मंगलबार, पुस २४, २०८०

काठमाडौं । लेबनानले आफ्नो भूमीमा आक्रमण गरेपछि इजरायलले कडा जवाफी हमला गर्दै आएको छ ।   इजरायली आक्रमणमा हिजबुल्लाहको विशेष कमाण्डो युनिट रडवान फोर्सका एक वरिष्ठ कमाण्डर मारिएको दावी गरिकएको छ । लेबनानको सुरक्षा एजेन्सीसँग सम्बन्धित स्रोतहरूले मारिएका कमाण्डर विसाम अल ताविलको रूपमा पहिचान गरेका छन् ।  उनी रडवान फोर्सको एक इकाईका उपप्रमुख थिए । लेबनानी गाउँ मजदाम सेल्ममा आक्रमणको क्रममा उनको कार ठोक्किएर अर्का हिज्बुल्लाह लडाकुको मृत्यु भएको बताइएको छ ।  पछिल्ला घटनाले इजरायल र लेवनानबीच तनाव झनै बढ्ने अनुमान गरिएको छ । अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेपछि इजरायलले गाजा पट्टीमा सैन्य कारबाही जारी राखेको छ ।  यसमा करिब २४ हजार प्यालेस्टिनी नागरिक मारिएका छन् । लेबनानमा सक्रिय हिजबुल्लाहले सुरुदेखि नै हमासको समर्थनमा इजरायलमाथि आक्रमण गर्दै आएको छ । हिजबुल्लाहको आक्रमणमा धेरै इजरायली सैनिकको पनि मृत्यु भएको छ । यस कारणले गर्दा इजरायलले लेबनानमा हिजबुल्लाह लक्ष्यहरू विरुद्ध जवाफी कारबाही गरेको छ । 
दक्षिणी लेबनानमा भएका यी आक्रमणमा अहिलेसम्म १३० भन्दा बढी हिजबुल्लाह लडाकू मारिएका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार