ब्याडमिन्टन खेलको विकासका लागि दुई खेलाडीलाई ललितपुर महानगरको सहयोग

सोमबार, पुस २३, २०८०

ललितपुर । ललितपुर महानगर र राष्ट्रिय खेलाडीहरुबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । ब्याडमिन्टन खेलको विकासका लागि राष्ट्रिय खेलाडीहरू रसिला महर्जन र प्रफुल्ल महर्जन र महानगरबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  महानगरप्रमुख चिरीबाबु महर्जनले ब्याडमिन्टन खेलको विकासका लागि यो समझदारी गरेको बताए । उनले भने, ‘उहाँहरु राष्ट्रिय खेलाडी हुनुहुन्छ, महानगरको टेवाले ओलम्पिकमा पुग्न सहयोग मिलोस् भन्ने हाम्रो हेतु हो । ’ आफूहरु बुद्धिले भ्याएसम्म खेलकुद क्षेत्रको विकास गर्न र खेलाडीलाई प्रोत्साहित गर्न काम गरेको बताउँदै उनले भने, ‘नयाँ अध्याय हो, शुभारम्भ हो , अन्त्य होइन । ’ 
ब्याडमिन्टनका राष्ट्रिय खेलाडी प्रफुल्ल महर्जनले यो कार्यक्रमले आफूलाई प्रोत्साहित गरेको बताए । खेलको माध्यमबाट देश र ललितपुर महानगरलाई चिनाउन सक्दो मिहेनत गर्ने प्रतिबद्धता जनाए ।  

416983354_1380073659278158_556973984446722224_n-1704724029.jpg
महानगर प्रमुख महर्जनका सल्लाहकार पद्म बहादुर श्रेष्ठले महानगरले गरेको यो कामको खुलेर प्रसंशा गरे । महानगरले खेलाडीलाई गरेको महत्वपूर्ण टेवा भएको दाबी गरे । 
समझदारी पत्रमा उल्लेख भए अनुसार रशिला र प्रफुल्लले प्रदेश वा राष्ट्रिय प्रतियोगिताहरुमा महानगरले प्रयोग गर्दै आएको लोगो प्रयोग गर्नुपर्नेछ ।  महानगर भित्र रहेका मूर्त र अर्मूत सम्पदाहरुको प्रचारप्रसार गरी पर्यटन प्रबद्र्धनमा सहयोग  गर्नुपर्ने महानगरले जनाएको छ । 
ललितपुर महानगरले व्याडमिन्टन खेलको विकास र प्रबद्र्धनका लागि महानगरले अनुरोध गर्दा प्रशिक्षण कार्यक्रम  संचालन गर्नुपर्नेछ ।  दुई वर्षसम्म महानगरले जनही दुई जनालाई यी काम गरे वापत वार्षिक  रुपमा जनही दुई लाख ५० हजार दिनेछ । कार्यक्रममा केन्द्रीय ब्याडमिन्टन संघका धुव्र महर्जन लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  २०:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार