पाकिस्तानको खैबर पाख्तुनख्वामा आतंकवादी आक्रमण

आइतबार, पुस २२, २०८०

काठमाडौं । पाकिस्तानको खैबर–पाख्तुनख्वा प्रान्तमा आइतबार अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा ४ जनाको मृत्यु भएको छ । बन्दुकधारीले दुईवटा गाडीमा गोली प्रहार गर्दा २ जना सुरक्षाकर्मीसहित ४ जनाको मृत्यु भएको हो । घटनामा तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी अधिकारी (डीपीओ) मुहम्मद इमरानले पाराचिनारबाट पेशावर जाने बाटोमा स्वचालित हतियारसहित आक्रमणकारीले दुईवटा गाडीलाई निसाना बनाएको बताए । खुर्रम जिल्लाको सड्डा बजार नजिक भएको आक्रमणमा मारिनेमा दुई सुरक्षाकर्मी पनि छन् । 
घाइतेहरूको अस्पतालमा उपचार भइरहेको पाराचिनार जिल्ला अस्पतालका डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा. कैसर अब्बासले बताए । अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले आक्रमणको जिम्मेवारी लिएको छैन, तर यो क्षेत्र सुन्नी र शियाहरू बीचको साम्प्रदायिक द्वन्द्वका लागि परिचित छ ।
गत महिना, गिलगिट–बलुचिस्तानको चिलासमा एक यात्रु बसमा आतंकवादी हमलामा नौ जनाको मृत्यु भएको थियो र अन्य २५ जना घाइते भएका थिए ।  

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार