पाकिस्तानमा आमनिर्वाचन पर सार्ने प्रस्ताव पारित

शनिबार, पुस २१, २०८०

काठमाडौं । आर्थिक र राजनीतिक अस्थिरताको सामना गरिरहेको पाकिस्तानमा आम निर्वाचनको अनिश्चितता बढेको छ । त्यहाँको सिनेटले शुक्रबार आमनिर्वाचन पर सार्ने  प्रस्ताव पारित गरेको हो । योसँगै यसै वर्षको फेब्रुअरी ८ तारिखमा तय भएको चुनाव संसयमा परेको हो । सिनेटले प्रस्तावलाई अनुमोदन गर्दा चिसो मौसम र सुरक्षा चिन्ताहरू उल्लेख गरिएको छ । यो प्रस्ताव सिनेटर दिलावर थानले प्रस्तुत गरेका थिए । जसलाई पाकिस्तानको संसदको माथिल्लो सदनमा ठूलो समर्थन प्राप्त भएको छ ।  उनले सदनमा यो प्रस्ताव पेश गर्दा १४ सांसद मात्रै उपस्थित थिए । तर, सूचना मन्त्री मुर्तजा सोलाङ्गी र तीन पटक प्रधानमन्त्री बनेका नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) पार्टीले यस कदमको विरोध गरेका छन् । आफ्नो प्रस्तावमा दिलावर खानले यतिबेला देशका अधिकांश क्षेत्रमा अत्याधिक चिसो बढ्दै गएकाले ती क्षेत्रमा निर्वाचन गर्न नसकिने दाबी गरेका छन् ।
यसका साथै उनले सुरक्षा सम्बन्धी चिन्तालाई पनि जोड दिए । उनले शान्ति सुरक्षाको अवस्था राम्रो नभएको बताए । राजनीतिज्ञलाई निशाना बनाइएको र  बलुचिस्तान र खैबर पख्तुनख्वा (प्रान्त) मा पनि सुरक्षा बलमाथि आक्रमण भइरहेको उल्लेख गरे । गुप्तचर निकायले चुनावी प्रचारका क्रममा खतराको चेतावनी समेत दिएको उनले बताए ।  यस्तो अवस्थामा निर्वाचन हुन नसक्ने भएकाले निर्वाचन आयोगले निर्वाचन स्थगन गर्ने प्रक्रिया अघि बढाउनुपर्छ ।
सिनेटको यो कदमले देशमा राजनीतिक र आर्थिक अस्थिरता बढाउने अपेक्षा गरिएको छ ।  यस कदमको प्रभाव पाकिस्तान स्टक एक्सचेन्जमा पनि देखिएको छ । सिनेटको यो निर्णयको जानकारी सार्वजनिक हुने बित्तिकै पाकिस्तानको शेयर बजारमा ८०० अंकभन्दा बढीको गिरावट देखिएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार