बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

मंगलबार, जेठ ४, २०७८

काबुल । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकूको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ । उक्त प्रान्तका सुरक्षा अधिकारीका अनुसार उक्त सडकको छेउमा तीन जना तालिबानी लडाकूले बम राख्दै गरेका थिए ।  अफगानिस्तानमा तालिबानी लडाकूले सडकको छेउमा लुकाइ छिपाइ बम राख्ने र यसको विस्फोट गराएर सर्वसाधारणको ज्यान लिने गरेका छन् । उनीहरुले बम राखेर भाग्दै गर्दा अकस्मात बम विस्फोट भएपछि बम राख्नेमध्येका तीन जनाको ज्यान गएको हो ।–सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  ०५:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार