महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि विश्व निकेतनलाई

शुक्रबार, पुस २०, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले जितेको छ । सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व निकेतनले १२ स्वर्ण, २ रजत र २ कास्यसहित १६ वटा पदक प्राप्त गरेर प्रथम भएको हो । महानगरले विश्व निकेतनलाई ५० हजार नगदसहित पुरस्कृत गरेको छ । 

Photo-(9)-(2)-1704456782.jpg
साथै ५ स्वर्ण, १३ रजत र ५ कास्यसहित २३ वटा पदक प्राप्त गरेर विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले दोस्रो स्थान हासिल गरेको छ । ६ स्वर्ण, ३ रजतसहित १२ वटा पदक प्राप्त गरेर पद्यमकन्या विध्याश्रम विद्यालयले तेस्रो स्थान हासिल गरेको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता ढङ्गोलले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिन ।  

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार