कोरोना सङ्क्रमणबाट भक्तपुर र दाङमा गरी १९ जनाको मृत्यु

सोमबार, जेठ ३, २०७८

भक्तपुर । भिड–१९ को सङ्क्रमणका कारण यहाँ आज एकैदिन १० कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद मिजारले आज तिनको मृत्यु भएको जानकारी दिए । सूर्यविनायकको नेपाली सेनाको इन्द्र बक्स गणले शव संकलन गरेर दाहसंस्कार गरेको छ । दाङमा भने कोरोनाबाट आज नौ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार घोराही र तुलसीपुरका तीनतीन तथा दंगीशरण, राप्ती गाउँपालिका र लमही नगरपालिकाका एकएक जनाको मृत्यु भएको कोारोना स्रोत व्यत्ति कमल चन्दले बताउनुभयो । 
वडा सदस्यको निधन 
तुलसीपुर उपमहानगरपालिका वडा नं १३ का वडा सदस्य केशरलाल चौधरीको निधन भएको छ ।  उनको आइतबार राति १२ बजे निधन भएको हो । उहाँ कमलपित्तबाट ग्रसित थिए । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  २१:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार