चिसोबाट बच्न विद्यार्थीहरुलाई ज्याकेट

मंगलबार, पुस १७, २०८०

मुगु । हिमाली जिल्ला मुगुको पश्चिमी क्षेत्रमा पर्ने खत्याड गाउँपालिकामा रहेका नौवटा बिद्यालयमा अध्ययनरत १ हजार ६ सय विद्यार्थीलाई चिसोबाट बच्न ज्याकेट प्रदान गरिएको छ । हिमाली जिल्लामा पुस महिनामा जाडो बढेसँगै बिद्यालयमा विद्यार्थी कम आउने  भएकाले खत्याड गाउँपालिकामा रहेका चार माध्यामिक विद्यालय र पाँचवटा आधारभूत प्राथामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सोबरस एक्सन नेपाल नामक सस्थाले न्यानो ज्याकेट सहयोग गरेको हो । १ हजार ६ सय जना विद्यार्थीलाई एक–एकवटा ज्याकेट दिइएको सोबरस एक्सन नेपालका संयोजक रोजी राणाले जानकारी दिइन् ।
माध्यामिक तहमा अध्ययनरत छात्राहरुले विद्यालयमा अध्ययनरत समयमा महिनावारी भएको समयमा उपस्थिति कम हुने भएकाले हामी नेपाल नामक संस्थाले ६ सय छात्रालाई ६ थानका दरले स्यानेटरी प्याड पनि वितरण गरेको छ । महिनावारीका बेला छात्राको उपस्थितिमा कमि नहोस् र पढाइमा असर नपरोस् भनेर सहयोग गरिएको संस्थाका संयोजक सुनील बानियाँले बताए ।
विद्यार्थीलाई सहयोगका लागि बिद्यालयका शिक्षक टंकप्रसाद सन्जालले संस्थाका प्रतिनिधिलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  २१:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार