के भन्छन् बालकुमारी घटनाबारे मन्त्री प्रकाश ज्वाला (भिडियो) 

शुक्रबार, पुस १३, २०८०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शुक्रबार दुई जनाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा आफू र आफ्नो मन्त्रालयको कुनै संलग्नता नरहेको बताएका छन् ।
ईपीएस परीक्षामा सहभागी हुन नपाएका युवाहरुले शुक्रबार दिउँसो मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए ।  आगजनीपछि प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले नहुनुपर्ने घटना भएको भन्दै दुःख व्यक्त गरे । 
‘यो घटनामा मेरो र मेरो मन्त्रालयको कुनै सरोकार र सम्बन्ध छैन’, मन्त्री ज्वालाले भने, ‘बालकुमारी क्षेत्रमा जुन घटना भयो र हाम्रो गाडीमा समेत आगजनी भयो यसमा दुःख व्यक्त गर्छु ।’
आज नघट्नुपर्ने घटना भएको भन्दै उक्त घटनामा आफू र आफ्नो पार्टीको कुनै सम्बन्ध नभएको उनको दाबी छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार