जयपृथ्वी क्याम्पस पुनर्निर्माण समिति गठन

बिहीबार, पुस १२, २०८०

काठमाडौं । असोज १६ गते बझाङ जिल्लामा आएको भूकम्पबाट क्षतिग्रस्त जयपृथ्वी बहुमुखी क्याम्पसको पुनर्निर्माण र जग्गा व्यावस्थापनका लागि १३ सदस्यीय समन्वय समिति गठन भएको छ ।  बझाङको प्रतिनिधित्व गर्ने विभिन्न क्षेत्रका व्यक्तित्वको सिंहदरबारमा बिहीबार भएको बैठकले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशीको संयोजकत्वमा समिति गठन गरेको हो । 
समितिमा संयोजक जोशी, सदस्यमा अर्जुन जंगबहादुर सिंह, भैरवबहादुर सिंह, शंकरबहादुर खडका, चन्द्रा जोशी, अफिलाल ओखेडा, धर्मराज विक, रमेश भण्डारी, झलकबहादुर कठायत, मिनबहादुर सिंह, इश्वरबहादुर मल्ल, अभिषेकबहादुर सिंह र सचिव दीपकराज जोशी छन् । भूकम्पबाट क्याम्पसका सबै भवन क्षतिग्रस्त छन् । यसले पठनपाठन अझै प्रभावित  छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार