गाजामा २४ घण्टामा २४१ जनाको मृत्यु 

बिहीबार, पुस १२, २०८०

काठमाडौं । गाजा क्षेत्रमा इजरायलको सैन्य कारबाहीमा बितेको २४ घण्टामा २ सय ४१ जनाको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्यालेस्टाइनी राष्ट्रपति महमूद अब्बासले युद्धलाई आफ्ना जनता विरुद्धको गम्भीर अपराध भनेका छन् । इजरायली सेनाका प्रमुख हर्जी हालेवीले हमाससँगको द्वन्द्व अझै धेरै महिना जारी रहने समेत बताएका छन् ।
यस्तै, इजरायलले मध्य क्षेत्रमा गाजामा आसन्न जमिन अपरेसनको रिपोर्टको बीचमा मंगलबार एक सयभन्दा बढी ठाउँमा आक्रमण गरेको जनाएको छ । बुधबार बिहान इजरायलतर्फको गाजा पट्टीबाट ठूलो विस्फोटको आवाज सुनिएको थियो ।
यसैबीच, कब्जा गरिएको वेस्ट बैंकमा, प्यालेस्टिनी चिकित्सा स्रोतहरूले तुल्कारेमको नुर शाम्स शरणार्थी शिविरमा रातभरी इजरायली ड्रोन हमला भएको र त्यसमा धेरै संख्यामा प्यालेस्टाइनी हताहत भएको जनाएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयले २४ घण्टामा ३ सय ८२ जना घाइते भएको बताएको छ । यस्तै, मन्त्रालयका अनुसार ११ हप्ताभन्दा बढीको लडाइमा कम्तीमा २० हजार ९ सय १५ प्यालेस्टाइनी मारिएका छन् । जसमा अधिकांश बालबालिका र महिला रहेको जनाएको छ । 
यस्तै, हमासले इजरायली समुदायमा घातक आक्रमणको लहरको नेतृत्व गरेपछि अक्टोबर ७ मा युद्ध सुरु भएको थियो । युद्धमा करिब २ सय ४० जनालाई गाजामा बन्धक बनाएर फिर्ता लगिएको थियो र तीमध्ये धेरैलाई पछि रिहा गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार