कोरियाली अभिनेता ली सन–क्युन मृत फेला 

बिहीबार, पुस १२, २०८०

काठमाडौं । कोरियन अभिनेता ली सन–क्युन मृत फेला परेका छन् ।  चर्चित फिल्म ‘प्यारासाइट’ मार्फत विश्वव्यापी ख्याति कमाउने अभिनेता क्युनविरुद्ध लागूऔषध प्रयोगको आरोप अनुसन्धान भइरहेको थियो । उनी बुधबार मृत फेला परेका हुन् ।  प्रहरीका अनुसार एक दिनअघि सुसाइड नोट छोडेर घरबाट निस्केका उनी फर्केका थिएनन् । आत्महत्या प्रयासको संकेतका आधारमा प्रहरीले उनलाई खोजी गरिरहेको थियो । मध्य सियोलको जोङ्नो जिल्लाको पार्कनजिकै बिहान आफ्नै कारमा उनी मृत फेला परेका हुन् ।   शवलाई सियोल नेसनल युनिभर्सिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार