‘स्मार्ट बंगलादेश’ बनाउने प्रधानमन्त्री हसिनाको चुनावी घोषणा

बिहीबार, पुस १२, २०८०

काठमाडौं । बंगलादेशमा जनवरीमा हुने आम निर्वाचनका लागि प्रधानमन्त्री तथा सत्तरुढ दल अवामी लिगकी प्रमुख शेख हसिनाले चुनावी घोषणापत्र जारी गरेकी छन् ।  जनवरी ७ मा हुने आम निर्वाचनका लागि जारी गरिएको घोषणापत्रमा शेख हसिनाको पार्टीले ‘स्मार्ट बंगलादेश’ बनाउने उल्लेख गरेको छ ।  घोषणापत्रमा अवामी लिगले ‘स्मार्ट बंगलादेशः विकास देखिँदै छ, अब रोजगारी बढ्नेछ’ भन्ने विषयलाई केन्द्रित गरेको छ । 
पार्टीले आफ्नो घोषणापत्रमा आधुनिक, प्रविधिमुखी देश निर्माणका लागि ११ प्राथमिकता तय गर्दै स्वास्थ्य सेवालाई विश्वव्यापी स्वास्थ्य सेवा प्रणालीसहितको आधुनिकीकरण गर्ने वाचा गरेको छ ।


पार्टी कार्यकर्ता, नेता र समर्थकहरूसँग अवामी लिगको घोषणापत्र जारी गर्दै शेख हसिनाले भनिन्, ‘आउनुहोस्, फेरि एकपटक अवामी लिगको चुनाव चिन्हमा भोट हालेर सेवा गर्ने अनुमति दिनुहोस् ।’
उनले अवामी लिगलाई भोट दिएमा विकास, शान्ति र समृद्धि दिने बताएकी छिन् । कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो पार्टी भाषणबाजीमा विश्वास नगर्ने बताउँदै गरिएका वाचा पूरा गर्ने बताइन् ।
सन् २००८ को चुनावी घोषणापत्रमा भिजन २०२१ सम्मका योजना पूरा गर्ने वाचा गरेका गरेको स्मरण गर्दै २०१४ र २०१८ मा जितेर धेरै काम गरेको पनि दाबी गरिन् ।
उता, पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० ले चुनाव विरोधी सडक अभियान चलाएको छ । उसले बंगलादेशमा हडताल र यातायात बन्दको आह्वान गरेको छ । उनको पार्टीले वर्तमान सरकारको नेतृत्वमा मुलुकमा निष्पक्ष निर्वाचन हुन नसक्ने बताउँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार