आजको मौसम पुर्वानुमान

पहाडी भूभागमा आंशिक बदली रहने 

बिहीबार, पुस १२, २०८०

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राती देशका केही भूभागमा मौसम बदली हुनुका साथै बाँकी भागको मौसम सफा रहने महाशाखाले जनाएको छ । देशभर चिसो बढ्ने क्रममा रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । महाशाखाले दिउँसोको समयमा घाम लागे पनि बिहान र बेलुकाको समयमा जाडो बढ्ने उल्लेख गरेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार