झिलिमिली हुँदै ललितपुर महानगर

बिहीबार, कात्तिक २०, २०७७

ललितपुर ः ललितपुर महानगरपालिकाभित्रका सडकहरु झिलिमिली भइरहेका छन् । महानगरभित्रका सडकमा धमाधम स्मार्ट सडक बत्ती जडान हुन थालेपछि सडक भिलिमिली हुन थालेको हो । 
कुपण्डोल जावलाखेल लगनखेल सातदोबाटो रुटमा अहिले बत्ती जडान भइरहेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । अन्य रुटमा बत्ती राख्नका लागि खम्बाहरु गाड्ने काम भइरहेको छ । यो रुटमा अहिले एक सय भन्दा बढी बत्ती जडान भएका छन् 
महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरेर महानगरका मुख्य सडकमा बत्ती जडान सुरु गरेको हो । ललितपुर महानगरपालिका स्मार्ट सडक बत्ती जडान गर्ने पहिलो स्थानीय तह हो । 
महानगरभित्रका तीनवटा रुटमा ६ सय ६९ वटा बत्ती जडान हुने छन् । महानगरका अनुसार बाग्मती पुलबाट जवालखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटेल( इनार ),पाटनढोका, अशोक हल, क्वाल्खुहुँदै मंगलबजार लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म बत्ती जडान गरिनेछ । यो बत्ती सोलार बत्ती भन्दा कम खर्चमा भन्दा निकै प्रभावकारी हुनेछ , महानगर झिलिमिली हुन्छ ।’ उनले स्मार्ट सडक बत्ती स्मार्ट सिटीको एउटा तत्व भएको बताए । 
महानगरका प्रमुख चिरीबाबु महर्जनले कुपण्डोलस्थित नबिल बैंक अगाडिको बत्तीको पोल राख्दै बत्ती जडान कार्यको केही समयअघि उद्घाटन गरेका थिए । 
ललितपुर महानगरपालिकाको गौरवशाली यो योजनाको भ्याट सहित कुल लागत पाँच करोड बीस लाख रहेको महानगरले जनाएको छ । ललितपुर महानगरपालिकाको लगानीमा जडान हुन लागेको स्मार्ट सडक बत्ती परियोजनाकोे कन्ट्रयाक्टर क्रम्टन महावीर जेभी रहेको छ । जडान भएका बत्तीहरु क्रम्टन कम्पनीको उत्पादन हुन् । 
ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले स्मार्ट सडक बत्तीको जडानको सहरको सुन्दरता बढाउने बताए । उनले भने उहाँले भन्नुभयो, ‘यो योजना सम्पन्न भएपछि रिडरोडबाहिरका महानगरका वडाहरुमा पनि बत्ती जडान सुरु गर्नेछौं ।’ 
महानगरले पहिलो चरणको काम सकिए लगत्तै दोस्रो चरणमा बुङमती, खोकना, सुनाकोठी, धापाखेल, हरिसिद्धीमा पनि यो बत्ती जडान गर्ने योजना बनाएको छ । 
यसका साथै यस परियोजनामा प्राविधिक सहयोग तथा निरीक्षण नेपाल विद्युत प्राधिकरणको रहेको छ । ठेकेदार कम्पनीद्धारा महानगरपाकिाका प्राविधिक कर्मचारीलाई ट्रेनिङ समेत दिइने छ । काम सुरु भएको मितिले यो परियोजना ४५ दिन भित्र सम्पन्न हुने भनिएपनि निशेषाज्ञाका कारण काम सम्पन्न हुन केही समय लाग्नेछ । 
यो सडक बत्तीलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । अर्थात पोलै पिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न (डिमिङ) बत्ती जडान भएको ठाउँमा पुग्नु पर्दैन । सर्भर रुमबाट नै गर्न सकिन्छ । सडक बत्ती बाले बापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था हुन्छ । उक्त मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी महानगरले जनाएको छ । प्रत्येक बत्तीलाई सर्बरबाट कन्ट्रोल गर्न सकिन्छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  २०:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार