आजको मौसम 

 देशभरको तापक्रम घट्दो, आवश्यक सतर्कता अपनाउन अनुरोध 

मंगलबार, पुस १०, २०८०

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि चिसो बढिरहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । तापक्रम घटेकाले काठमाडौँमा दिउँसो घाम लागेपनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ । हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज दिउँसो र राति पनि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ०९:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार