नाइजेरियामा किसान र गोठालाहरूबीच झडप, ११३ जनाको मृत्यु

मंगलबार, पुस १०, २०८०

काठमाडौं । अफ्रिकी देश नाइजेरियामा हिंसात्मक आक्रमण हुँदा ११३ जनाको मृत्यु भएको छ ।  देशको मध्य भाग पठारमा शनिबार र आइतबार भएका हिंसात्मक आक्रमणमा परी मृत्यु हुनेको संख्या ११३ पुगेको अन्तरराष्ट्रिय मसञ्चार माध्यमले जनाएका छन् । मध्य नाइजेरियामा गोठालाहरू र किसानहरू बीच बारम्बार झडपहरू भइरहेका छन् । मे यता पहिलो पटक यस्तो चरम हिंसा देखिएको छ । त्यसबेला किसान–गोठालाहरूको आक्रमणमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । यसअघि आइतबार नाइजेरियाली सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमले पछिल्लो आक्रमणमा १६ जनाको ज्यान गएको बताएको थियो । 
पठार राज्यका एक वरिष्ठ अधिकारीले सोमबार जानकारी दिँदै शनिबार र आइतवार भएका आक्रमणमा ११३ जनाको मृत्यु भएको बताए ।  योजनाबद्ध ढंगले आक्रमण गरिएको उनले बताए । कम्तीमा २० विभिन्न समुदायलाई लुटेराहरूले आक्रमण गरेका थिए ।  समुदायबाट ११३ शव निकालिएको छ भने ३ सय भन्दा बढी घाइते भएपछि अस्पतालमा भर्ना गरिएको छ । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसले लिएको छैन । पठार राज्यमा धेरै जातीय र धार्मिक समुदायका मानिसहरू बस्छन् ।  नाइजेरियाको मध्य क्षेत्र भनेर चिनिने, साम्प्रदायिक द्वन्द्वले हालैका वर्षहरूमा सयौंको ज्यान लिइसकेको छ ।  यसलाई प्रायः मुस्लिम गोठालाहरू र ईसाई किसानहरू बीचको जातीय–धार्मिक द्वन्द्वको रूपमा वर्णन गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार